काठमाडाैं- बझाङमा भीरबाट खसेकाे ढुंगा गुडिरहेकाे गाडीमा लाग्दा चालककाे मृत्यु भएकाे छ।
नेकपा माओवादी केन्द्रका स्थानीय नेता लालबहादुर थापाका अनुसार से १ ज ६७३ नम्बरकाे गाडी दुर्घटनामा परी छविपाथिभेरा गाउँपालिका-३, बाहुनडाँडाका जया सार्कीकाे मृत्यु भएकाे हाे।
भाँडे हुँदै माैरीबगर जान लागेकाे उक्त गाडीमा ढुंगा लागेपछि अनियन्त्रित भएर सेती नदीमा खसेकाे र गाडी हराइरहेकाे उनले जनाएका छन्।
गाडी धनीसमेत रहेका चालक सार्कीकाे शव भने सेती नदी किनारमा भेटिएकाे उनले जानकारी दिए।
— धनप्रसाद जाेशी
प्रतिक्रिया दिनुहोस्