भुवन केसीले भने- काठमाडौंकाे मेयर पदमा उठ्न असमर्थ छु

काठमाडाैं : अभिनेता भुवन केसीले आफू काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न असमर्थ रहेकाे बताएका छन्। शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सो कुरा बताएका हुन्।

‘…प्राविधिक तथा कार्यव्यवस्थाका कारण आफू महानगरपालिकाकाे मेयर पदमा उम्मेद्वार बन्न असमर्थ रहेकाे छु,’ उनले भने। साथै उनले आफू कुनै पार्टीमा सक्रिय नरहेकाे पनि बताएका छन्।

यसअघि उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा उनलाई काठमाडौं महानगरको मेयर पदमा उम्मेद्वार बनाउने निर्णय गरेको थियो। 

उक्त पार्टीको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौंको मेयरमा केसी र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष स्वागत नेपालले जारी प्रेस विज्ञप्तिमा उल्लेख थियो।

प्रतिक्रिया दिनुहोस्