राप्रपा नेपालकाे चुनावी घाेषणापत्र सार्वजनिक

काठमाडाैं- राप्रपा नेपालले स्थानीय तह निर्वाचनकाे घोषणापत्र सार्वजनिक गरेको छ। सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा शुक्रबार आयाेजित कार्यक्रममा राप्रपा नेपालले घोषणापत्र सार्वजनिक गरेको हो।

घोषणापत्रमा संघीयताको वर्तमान स्वरुप र संरचनालाई परिवर्तन गर्नुपर्ने उल्लेख गरिएकाे छ। केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा अधिकारसम्पन्न सुदृढ स्थानीय सरकार उपयुक्त हुने राप्रपा नेपालको अवधारणा छ।

राप्रपा नेपालले घोषणापत्रका मूल कार्यक्रममा राष्ट्रियताको सुदृढीकरण, सनातन धर्मको संरक्षण र सम्बर्द्धन, सुशासन, समृद्धिका लागि स्थानीय अर्थतन्त्रको विकास र पुँजी निर्माण, गरिबी न्यूनीकरण लगायतलाई समेटेको छ।

प्रतिक्रिया दिनुहोस्