राप्रपा नेपालले स्थानीय निर्वाचन घोषणा पत्र भाेलि सार्वजनिक गर्ने

काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र भाेलि सार्वजनिक गर्ने भएको छ।

काठमाडाैं सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा शुक्रबार पार्टी अध्यक्ष कमल थापाले स्थानीय निर्वाचन घाेषणापत्र सार्वजनिक गर्ने प्रवक्ता सुरेश आचार्यले जनाएका छन्।

साे अवसरमा पार्टीकाे चुनाव चिह्न पनि सार्वजनिक गरिने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्