राष्ट्र बैंकले लगायाे विलासिताका वस्तु आयातमा रोक

काठमाडाैं- नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले विदेशी मुद्रा सञ्चिति घट्न नदिन विलासिताका वस्तु आयातमा रोक लगाएको बताएका छन्। 

बिहीबार न्युज एजेन्सी नेपालसँगकाे कुराकानीमा उनले देशको शोधनान्तर घाटा बढिरहेको र उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा कमी हुँदै गएकाले त्यस्ता वस्तुकाे आयातमा रोक लगाएको बताएका हुन्। 

मुलुकको अर्थतन्त्रमा थप चुनौती आउन नदिनको लागि राष्ट्र बैंकले केही वस्तुको आयातमा रोक लगाउनुपरेको प्रवक्ता भट्टले स्पष्ट पारे।

अहिले सबैभन्दा ठूलो चुनौती विदेशी मुद्रा सञ्चिति व्यवस्थापन रहेकाले त्यसका लागि समयमा नै सर्तकता अपनाउन खोजेको उनकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्