काठमाडाैं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने बेलायतको ‘द हन्ड्रेड’को ड्राफ्टमा ‘अनसाेल्ड’ भएका छन्।
न्यूनतम ६० हजार पाउण्ड मूल्य राखेका सन्दीपलाई कुनै पनि क्लबले टिममा अनुबन्ध गरेनन्। सन्दीप विदेशी खेलाडीको कोटामा ड्राफ्टमा परेका थिए।
अघिल्लो सिजन ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका उनले भिसाका कारण खेल्न पाएका थिएनन्।
प्रतिक्रिया दिनुहोस्