नेपालले जित्याे टी-२० क्रिकेट शृंखलाकाे उपाधि

काठमाडाैं : नेपालले त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाकाे उपाधि जितेकाे छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै नेपालले उपाधि जितेकाे हाे। नेपाललाई उपाधि दिलाउन दीपेन्द्रसिंह ऐरी र करन केसीले अलराउन्ड प्रदर्शन गरे।

नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको पिएनजी १६.२ ओभरमा ११८ रनमा समेटिएको थियो। शृंखलामा नेपाल र पपुवा न्युगिनीसहित मलेसिया सहभागी थियाे।

प्रतिक्रिया दिनुहोस्