टी-२० क्रिकेटमा दीपेन्द्रकाे कीर्तिमान

काठमाडाैं : नेपालका मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान कायम गरेका छन्।

उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हजार रन बनाउने पहिलाे नेपाली खेलाडीकाे कीर्तिमान कायम गरेका हुन्। त्रिवि क्रिकेट मैदानमा जारी पपुवा न्युगिनीविरूद्धको खेलमा उनले हजार रन पूरा गरे।

क्रिकइन्फाेडटकमका अनुसार उनले याे कीर्तिमान ३९ खेलका ३४ पारीमा बनाएका हुन्। उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ शतक र ५ अर्धशतक प्रहार गरिसकेका छन्। उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०३३ रन बनाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्