टी-२० श्रृंखलाकाे फाइनल आज, उपाधिका लागि नेपाल र पपुवा न्युगिनी भिड्दै

काठमाडौं : कीर्तिपुुरमा जारी त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधिका लागि नेपालले आज पपुवा न्युगिनीविरुद्ध खेल्दैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२:३० बजे फाइनल खेल सुरु हुनेछ।

नेपाल, पीएनजी र मलेसिया सम्मिलित श्रृंखलामा नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुग्दा पीएनजीले दोस्रो भएर अन्तिम दुईमा स्थान बनाएकाे हाे। डबल राउण्ड रोविन लिगमा खेलाइएकाे शृंखलामा नेपालले चारवटै खेल जितेकाे छ।

पपुवा न्युगिनीले भने १ खेल मात्रै जितेकाे छ। उ मलेसियालाई रनरेटमा पछि पार्दै फाइनल पुगेकाे हाे। मलेसियाले पनि समान १ खेल मात्रै जितेकाे छ। यी दुवै टाेलीले समान ३ खेलमा पराजय भाेगेका छन्।

प्रतिक्रिया दिनुहोस्