विश्वकप क्रिकेट लिग-२ : नेपालले पपुवा न्युगिनीलाई हरायाे

काठमाडाैं : आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ। मंगलबार दुबईमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेको हो।

पपुवा न्युगिनीले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे। कुशलले ५० रन जाेड्दा आसिफ ५९ रनमा अविजित रहे। यस्तै, रोहित पौडेलले पनि नटआउट ४४ रन बनाए।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले ८ विकेटको क्षतिमा १७३ रन जाेडेकाे थियाे।

युएईमा भएको त्रिकोणात्मक शृंखलामा नेपालले ४ खेलमध्ये २ मा जित र २ मा हार बेहोर्‍यो। नेपालले पहिलो खेलमा पपुवा न्युगिनीमाथि २ विकेटको जित निकालेको थियो। त्यसपछिका दुवै खेलमा नेपाल युएईसँग पराजित भयाे। नेपाल युएईविरूद्वकाे पहिलो खेलमा ४८ रन र दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्