हाेलीमा कांग्रेसकाे शुभकामना साटासाट

धनगढी : हाेली पर्वकाे अवसरमा नेपाली कांग्रेसले गौरीगंगा नगरपालिका वडा नं.६, वनबेहडामा शुभकामना आदानप्रदान गरेकाे छ।

कांग्रेसकाे गौरीगंगा नगरपालिका वडा नं.६ समितिकाे आयाेजनामा भएकाे कार्यक्रम वडा सभापति टेकबहादुर कुँवरको सभापतित्व तथा कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत बहादुर रावत (डोटेली कान्छा)काे प्रमुख आतिथ्यमा भएकाे थियाे।

कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि एवं गौरीगंगा नगरपालिका वडा न.६ का अध्यक्ष कमला शर्मा, कांग्रेस डोटीका पूर्वसचिव एकम छेडाल, कांग्रेस कैलाली क्षेत्र न.४ का निवर्तमान सभापति दिनेशराज जोशी, निवर्तमान महाधिवेशन प्रतिनिधि नरसिंह सार्की, कांग्रेस गौरीगंगा नगर सभापति पहल विक्रम चन्द, गौरीगंगा नगरपालिका वडा न.१ का सभापति डबल दियाकोटी, वडा न .२ का सभापति किरन मल्ल, बिमला बम कुँवर, लक्ष्मी कुँवर लगायतले शुभकामना मन्तव्य दिएका थिए।

कांग्रेस गौरीगंगा नगरपालिका वडा नं. ६ का उपसभापति चक्र थापाले स्वागत मन्तव्य दिएकाे कार्यक्रमको सञ्चालन वडा सहसचिव आशिष उपाध्यायले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्