धनगढी लेडिज जेसिजद्वारा सुत्केरीलाई फलफूल वितरण

धनगढी : ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा धनगढी लेडिज जेसिजले सुत्केरी महिलाहरूलाई फलफूल वितरण गरेको छ। धनगढी लेडिज जेसिजले सेती प्रादेशिक अस्पतालका सुत्केरीहरूलाई फलफूल वितरण गरेको हाे।

कार्यक्रममा धनगढी लेडिज जेसिजकी अध्यक्ष सरस्वती खड्का भट्ट, कार्यक्रम संयोजक शोभा भट्ट गुरुङ, कार्यकारिणी उपाध्यक्ष सुशीला निरौला, महासचिव मिना भट्ट, उपाध्यक्ष निर्मला भट्ट, क्षेत्र (घ) संयोजक लक्ष्मी ओझा, प्रकरण निर्देशक सरिता साउद, युवा संयोजक कञ्चन कडायत, सदस्यहरू पूजा भट्ट, आरजु सिंह र अस्मी क्षेत्रीलगायत उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्