नवजीवन सहकारी निर्वाचन : कठायतकाे नेतृत्वमा पनि प्यानलसहित उम्मेदवारी घोषणा

धनगढी : नवजीवन सहकारी संस्था लिमिटेडको नेतृत्वका लागि पूर्वअध्यक्ष रतन कठायतकाे नेतृत्वमा प्यानलसहित उम्मेदवारी घोषणा गरिएकाे छ।

उक्त प्यानलकाे उपाध्यक्षमा चेतराज ओझा छन्। यस्तै, सदस्यहरूमा उत्तम जोशी, रोम स्वाँर, केशवराज मिश्र, गणेश बम, गोपाल चौधरी, कृष्णबहादुर चौधरी, जयराज जोशी, पूर्ण जोशी, उपेन्द्र विष्ट, भीमबहादुर बलायर र राधिकाकुमारी चौधरीले उम्मेदवारी घाेषणा गरेका छन्।

उक्त प्यानलबाट लेखा समिति संयाेजकमा चेतराज जोशी र सदस्यहरूमा लक्ष्मीराज पन्त र सीता विक उम्मेदवार छन्।

प्यानल घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार कठायतले नवजीवन सहकारीलाई थप व्यवस्थित र पूर्ण प्रविधिमैत्री बनाइने बताए।

यसअघि मंगलबार देवबहादुर बमले प्यानलसहित उम्मेदवारी घाेषणा गरेका थिए। यही फागुन २१ गते सुरू हुने नवजीवन सहकारीकाे साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्