टी-२० वरीयतामा दुई स्थान खस्कियाे नेपाल

काठमाडाैं : नेपालकाे टी-२० वरीयता दुई स्थान घटेकाे छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल दुई स्थान घटेर १५ औं स्थानमा पुगेको छ। यसअघि नेपाल १३औं स्थानमा थियो।

ओमानमा जारी आइसिसी टी-२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपालकाे वरीयता घटेकाे हाे।

ओमान भ्रमणमा जानुअघि भने नेपाल १२ औं स्थानमा थियाे। त्यहाँ नेपालले चार देश सम्मिलित टी-२० सिरिज खेलेकाे थियाे, जसमा नेपालले ३ खेलमध्ये २ मा हार भाेगेकाे थियाे। १ खेल भने नेपालले आफ्नाे पक्षमा पारेकाे थियाे।

त्यसपछि चलेकाे विश्वकप ग्लाेबल छनाेटमा समूह चरणका ३ खेल जितेकाे नेपाल सेमिफाइनलमा युएईसँग पराजित भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्