एमाले सुनसरी अध्यक्षमा रेवतीरमण भण्डारी निर्वाचित

काठमाडाैं : नेकपा एमाले सुनसरीको अध्यक्षमा रेवतीरमण भण्डारी निर्वाचित भएका छन्।

बिहीबार साँझ सकिएको मतगणना अनुसार भण्डारी दुई जना उम्मेदवारलाई पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

भण्डारीले ९२० मत पाए। अध्यक्षका अर्का उम्मेदवार खेमराज पोखरेलले ७ सय ७५ र द्वारिकलाल चौधरीले ८० मत ल्याए।

यस्तै, उपाध्यक्षमा निलम खनाल विजयी भएका छन्। यसैगरी, सचिवमा पर्शुराम यादव, उपसचिवमा योग्यराज खड्का र राम कोइराला निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्