२४ घन्टामा थपिए ३५५३ काेराेना संक्रमित

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पिसिआर परीक्षणबाट २ हजार ९ सय २२ र एन्टिजेन परीक्षणबाट ६ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो।

यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितकाे संख्या १४ हजार ३ सय ४० पुगेकाे छ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन्। यस्तै, २७१ जना संक्रमणबाट मुक्त भएका छन्।

काठमाडौं उपत्यकामा १ हजार ९१६ संक्रमित थपिएकाे मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्