काठमाडाैं : नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल जुनियर विश्व वरीयताकाे शीर्ष स्थानमा उक्लिएका छन्।
विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले सार्वजनिक गरेको नयाँ वरीयतामा उनी दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएका हुन्। यसअघिकाे वरीयतामा उनी तेस्रो स्थानमा थिए।
यससँगै उनी ब्याडमिन्टनको विश्व वरीयतामा शीर्ष स्थानमा पुग्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
बिडब्लुएफले पुरुषतर्फ जुनियर र सिनियरतर्फ गरी दुई स्पर्धामा वरीयता सार्वजनिक गर्दै आएको छ।
महिलातर्फ नेपालकी रशिला महर्जन १९ औं स्थानमा उक्लिएकी छन्।