लाेकेन्द्र–मोहन युवा वर्ष सम्मान ‘डोटेली कान्छा’लाई

धनगढी : गायक सुरत रावत ‘डोटेली कान्छा’लाई ‘लाेकेन्द्र–मोहन युवा वर्ष सम्मान २०२१’ प्रदान गरिएको छ।

सुदूरपश्चिमको लोक संस्कृतिको संरक्षण, संवर्द्धन, प्रचारप्रसार एवं विविध सांस्कृतिक संघ संस्थाको विस्तार अभियानमार्फत महत्त्वपूर्ण योगदान गरेको भन्दै धनगढी जेसिसले उनलाई आज सम्मान पत्र हस्तान्तरण गरेकाे हाे। जेसिसकाे ३५ औं पद स्थापना एवं सम्मान कार्यक्रममा उनलाई सम्मान गरिएको हो।

प्रतिक्रिया दिनुहोस्