कांग्रेस नेता जाेशीले विपन्न विद्यार्थीलाई बाँडे न्यानाे कपडा

धनगढी : कैलालीका कांग्रेस नेता दिनेशराज जोशीले विपन्न परिवारका विद्यार्थीलाई न्यानाे कपडा बाँडेका छन्।

उनले कैलालीकाे गाैरीगंगा नगरपालिकाकाे वडा नम्बर ११ स्थित कालिका आधारभूत विद्यालयमा अध्ययनरत सय जना विद्यार्थीलाई शुक्रबार न्यानाे लुगा वितरण गरेका हुन्।

काठमाडाैंस्थित एल आर आई एजुकेसन फाउन्डेसनकाे सहकार्यमा विद्यालयका अति विपन्न, आदिवासी जनजाति, एकल महिलाका तथा टुहुरा बालबालिकालाई न्यानो लुगा वितरण गरेकाे उनले बताए। विपन्न परिवारका बालबालिकालाई जाडाेबाट बचाउन न्यानो लुगा वितरण गरेको उनकाे भनाई छ।

नेपाली कांग्रेसकाे कैलाली क्षेत्र नम्बर ४ का निवर्तमान क्षेत्रीय सभापति समेत रहेका उनले आफ्नाे निर्वाचन क्षेत्रका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने लक्ष्य रहेकाे सुनाए।

न्यानो कपडा वितरण कार्यक्रममा नेपाली कांग्रेस, कैेलालीका नेता रोजबहादुर सिंह, युवा नेता राजेन्द्र जोशी, नेपाली कांग्रेसकाे गाैरीगंगा नगर सचिव हेमन्त जोशी, नेपाल ट्रेड युनियन कांग्रेस गाैरीगंगाका अध्यक्ष हर्कदेव जोशी, नेपाल शिक्षक संघ, गौरीगंगा नगर अध्यक्ष प्रेम चन्द बोहरालगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्