काठमाडाैं : नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्। कांग्रेसकाे चाैधाैं महाधिवेशन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ काे अधिवेशनकाे बुधबार बिहान सम्पन्न मतगणना अनुसार उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।
उनी मात्र हाेइन, उनकाे प्यानलै संस्थापन निकट वीरेन्द्र प्रसाद सिंहकाे प्यानलसँग पराजित भएकाे छ। वीरेन्द्र प्रदेश-२ का मन्त्रीसमेत हुन्।
निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधि विजयी हुनेमा प्रत्यक्ष खुलातर्फ वीरेन्द्रप्रसाद सिंह, सुरेन्द्रप्रसाद सिंह, कौशलकिशोर सिंह, राजेश्वरप्रसादसिंह, उपेन्द्र कुशवाहा, रघुवीर कार्की, दिनेशकुमार रायमाझी, केशवकुमार खड्का, अजितकुमार सिंह र शिवशंकर रिजाल रहेका छन् ।
त्यस्तै प्रत्यक्ष महिलातर्फ रेखा देवी, उषा देवी, किरण शर्मा र देवी सिन्हा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
प्रतिक्रिया दिनुहोस्