कांग्रेसकाे सुदूरपश्चिम प्रदेश सदस्यमा डाेटेली कान्छाले दिए उम्मेदवारी

धनगढी : नेपाली कांग्रेसकाे सुदूरपश्चिम प्रदेश सदस्य पदमा कलाकार सुरत रावत `डाेटेली कान्छा´ले उम्मेदवारी दिएका छन्। कैलालीकाे धनगढीमा जारी सुदूरपश्चिम प्रदेश अधिवेशनमा उनले प्रदेश सदस्य (खस-आर्य) पदमा उम्मेदवारी दिएका हुन्। उनी कांग्रेसकाे सुभेच्छुक संगठन नेपाल सांस्कृतिक कलाकर्मी संघका केन्द्रीय उपाध्यक्ष, भ्रातृ संगठन नेपाल सांस्कृतिक संघका कैलाली अध्यक्षसमेत हुन्। कांग्रेसकाे चाैधाैं महाधिवेशन अन्तर्गत कैलालीकाे धनगढीमा हिजाेबाट सुदूरपश्चिम प्रदेश अधिवेशन सुरू भएकाे हाे। अधिवेशनबाट १ सभापति, २ उपसभापति, २ महामन्त्री, ३ सहमहामन्त्री र ६१ सदस्य चयन हुने छन्। कांग्रेसकाे केन्द्रीय महाधिवेशन यहीँ मंसिर २४-२७ मा काठमाडाैंमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्