बाढी-पहिराे वितण्डा : डाेटीमा थप दुई जनाको मृत्यु, मृतककाे संख्या ११ पुग्याे

डोटी : अविरल वर्षासँगै आएकाे बाढी-पहिराेका कारण डोटीमा थप दुई जनाको मृत्यु भएको छ। मंगलबार साँझ पहिराेमा पुरिएर एक जनाकाे मृत्यु भएकाे छ भने खाेलाले बगाएर बेपत्ता पुरुष मृत फेला परेका छन्। पहिराेमा पुरिएर सायल गाउँपालिका-५, गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विककाे मृत्यु भएको हो। यस्तै, छत्रेश्वर खोलाले बगाउँदा बेपत्ता सायल गाउँपालिका १ का ७४ वर्षीय वीरे रोके मृत फेला परेका छन्। योसँगै जिल्लामा बाढी-पहिराेमा परी ज्यान गुमाउनेकाे संख्या ११ पुगेकाे छ।

प्रतिक्रिया दिनुहोस्