बाँके दुर्घटना : मृतकको संख्या १२ पुग्यो (अपडेट)

काठमाडौं- बाँकेमा भएको गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। उपचारका क्रममा एक जनाको मृत्यु भएसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या थपिएको हो।

भारतका विभिन्न स्थानबाट फर्किएका मजदुर बोकेर नेपालगन्जबाट सल्यानतर्फ जाँदै गरेको भनिएको ना५ख ५९९५ नम्बरको गाडी आज (सोमबार) बिहान सवा १२ बजे राप्ती सोनारी गाउँपालिका–२, ठुरिया जंगलमा दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्