कैलाली कांग्रेस सभापति शाहको जवाफ– पद र गुटका लागि होइन, पार्टी जोगाउन लागिपरेको छु

धनगढी : नेपाली कांग्रेस, कैलालीका सभापति नरनारायण शाह ‘मनु’ले आफूले पद र गुटका लागि नभई पार्टी जोगाउन लागिपरेको बताएका छन्। आफूमाथि पार्टी फुटाउन काम गरिरहेको आरोप लागेपछि उनले सो प्रतिक्रिया दिएका हुन्।

उनले आफूले अहिलेसम्म पार्टीको अहित नगरेको दाबी गरे। ‘अहिले केही अग्रज नेताले ममाथि पार्टी फुटतर्फ लगेको भन्ने आरोप लगाएको सुनेको छु। बाजे, बुबा र आफ्नो नामलाई कायम गर्न पनि मैले पार्टीको अहित गर्नुहुँदैन। र, गरेको पनि छैन,’ कैलालीको गौरीगंगा नगरपालिकास्थित एक कार्यक्रममा सम्बोधन गर्दै उनले भने।

बरु आफ्नो तीन पुस्ताले पार्टीलाई बलियो बनाउने भूमिका खेलेको उनको भनाइ छ।

उनले पार्टी महाधिवेशन नजिकिएसँगै गुट–उपगुटको नारा लगाई कार्यकर्ता फुटाउने प्रयास भएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्