बुढानिलकण्ठ नगरपालिकाका सब–इन्जिनियर पौडलविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सब–इन्जिनियर विनोदकुमार पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले उनीविरुद्ध ७२ हजार रूपैयाँ बिगो दाबी गरेको छ।

पौडेलले सडक निर्माण ठेक्काको भुक्तानी दिँदा घुस/रिसवत मागेको र ७२ हजार रूपैयाँ घुस/रिसवत लिँदालिँदै रंगेहात पक्राउ परेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्