माल्दिभ्समाथि नेपालको ऐतिहासिक जित

काठमाडौं : साफ च्याम्पियनसिप फुटबलमा नेपालले माल्दिभ्समाथि ऐतिहासिक जित हासिल गरेको छ।

माल्दिभ्सको राजधानी मालेस्थित नेसनल स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोलीलाई १–० गोलअन्तरले पराजित गरेको हो। साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई हराएको यो पहिलो पटक हो।

टोलीलाई जित दिलाउन सब्सिच्युट खेलाडीका रूपमा मैदान छिरेका मनिष डाँगीले खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरे।

जितसँगै नेपालले अंकतालिकामा ३ अंक हासिल गरेको छ। अंकतालिकामा बंगलादेशको पनि समान अंक छ। उसले प्रतियोगिताको पहिलो खेलमा श्रीलंकालाई १–० गोलअन्तरले पराजित गरेको थियो।

तस्बिर : अखिल नेपाल फुटबल महासंघ।

प्रतिक्रिया दिनुहोस्