एकीकृत समाजवादीका अध्यक्ष नेपाल शिक्षण अस्पताल भर्ना

काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।

ज्वरोसँगै शारीरिक कमजोरी देखिएपछि उनी बुधबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना भएका हुन्।

अस्पतालका अनुसार नेपाललाई ज्वरो र शारीरिक कमजोरीको समस्या छ। उनलाई भिआइपी उपचार कक्षको डिलक्स क्याबिनमा राखेर उपचार थालिएको छ।

उनकाे उपचारमा अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेकाे अस्पतालले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्