काठमाडौं : यो साता लगातार दोस्रो दिन सुनको मूल्य घटेको छ। साताको पहिलो दिन तोलामा ३ सय रूपैयाँ बढेर ८९ हजार ३ सय रूपैयाँ पुगेको छापावाल सुन त्यसयता लगातार दुई दिन घटेको हो।
साताको दोस्रो दिन तोलामा ३ सय रूपैयाँ घटेर ८९ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन साताको तेस्रो दिन (आज) १ सय रूपैयाँ घटेर ८८ हजार ९ सय रूपैयाँ तोकिएको छ।
तेजावी सुन पनि सोही दरमा घटेर आज तोलाको ८८ हजार ४ सय ५० पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
पछिल्ला दुई दिनमा चाँदीको मूल्य पनि बढेको छैन। सुनचाँदी व्यावसायी महासंघका अनुसार साताको पहिलो दिन तोलामा १० रूपैयाँ बढेर १ हजार १ सय ६० रूपैयाँ कायम भएको चाँदी दोस्रो दिन तोलामा ५ रूपैयाँ घटेर १ हजार १ सय ५५ रूपैयाँ पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
साताको तेस्रो दिन भने चाँदीको मूल्य १ हजार १ सय ५५ रूपैयाँमा स्थिर देखिएको छ।
प्रतिक्रिया दिनुहोस्