सुनको मूल्य ओरालो, तोलामा तीन सय घट्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुन प्रतितोला ८९ हजार रूपैयाँ निर्धारण गरिएको छ। हिजो यसको मूल्य तोलाको ८९ हजार ३ सय रूपैयाँ कायम थियो।

यस्तै, तेजावी सुन पनि सोही दरमा घटेर ८८ हजार ५ सय ५० रूपैयाँ कायम भएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि घटेको छ। सुनचाँदी व्यावसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँ बढेर १ हजार १ सय ५५ रूपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्