गौरीगंगाका वडा सदस्य कुँवरद्वारा फुटबल टोलीलाई पाँच हजार रूपैयाँ सहयोग

धनगढी : कैलालीको गौरीगंगा नगरपालिका–६ का वडा सदस्य टेकबहादुर कुँवरले वडाको फुटबल टोलीलाई ५ हजार ५ रूपैयाँ सहयोग गरेका छन्।

उनले ‘नरेन्द्र शाह स्मृति फुटबल प्रतियोगिता’मा वडाबाट सहभागी हुन लागेको टोलीका कप्तान हरिष खवासलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। खेलाडीको मनोभावना बढाउन आफूले सहयोग गरेको वडा सदस्य कुँवरले बताए।

गौरीगंगा नगरमा वडा नम्बर ३ का वडाअध्यक्ष स्वर्गीय नरेन्द्र शाहकाे स्मृतिमा फुटबल प्रतियोगिता हुँदैछ।

प्रतिक्रिया दिनुहोस्