तोलामा तीन सय रूपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ। हिजो यसको मूल्य तोलाको ८९ हजार रूपैयाँ कायम थियो।

यस्तै, तेजावी सुन पनि सोही दरमा बढेर ८८ हजार ८ सय ५० रूपैयाँ कायम भएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि बढेको छ। सुनचाँदी व्यावसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १० रूपैयाँ बढेर १ हजार १ सय ६० रूपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्