इंग्ल्यान्डका अलराउन्डर मोइन अलीले लिए टेस्ट क्रिकेटबाट संन्यासको घोषणा

काठमाडौं : इंग्ल्यान्डका अलराउन्डर मोइन अलीले टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। उनले टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेको क्रिकइन्फोडटकमले जनाएको छ।

अलीले टेस्टमा ६४ खेलका १ सय ११ इनिङबाट २ हजार ९ सय १४ रन बनाएका छन्। टेस्टमा ब्याटिङभन्दा एक इनिङ बढी बलिङ गरेका उनले १ सय ९५ विकेट लिएको क्रिकइन्फोले जनाएको छ।

अलीले एकदिवसीय र टि–ट्वान्टी अन्तर्राष्ट्रिय खेल भने खेल्ने छन्।

तस्बिर : एएफपी/गेट्टी इमेज।

प्रतिक्रिया दिनुहोस्