दसैंका लागि खुल्यो अग्रिम टिकट बुकिङ

काठमाडौं : दसैंका लागि अग्रिम टिकट बुकिङ आज (सोमबार)बाट खुलेको छ। सरकारले लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ आजबाट खुला गरेको हो।

अग्रिम टिकट बुकिङ खुलेसँगै सोमबार बिहानबाट काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा टिकट काट्न आउनेको भिड लागेको छ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण टिकट काउन्टरमा सामाजिक दूरी कायम गर्ने व्यवस्था मिलाइएको छ। यस्तै, टिकट काउन्टरमा भिडभाड कम गर्न टिकट काउन्टर थपिएको बताइएको छ।

रोजगारी, पढाइ वा अन्य कारणले राजधानीमा रहेकाहरू दसैं मनाउन घर फर्किने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्