कृष्णपुरमा एमालेको वडा अधिवेशन आयोजक कमिटी गठन

कञ्चनपुर : नेकपा एमालेले कञ्चनपुरको कृष्णपुर नगरपालिका–९, राजघाटमा वडा अधिवेशन आयोजक कमिटी गठन गरेको छ।

वडाका संगठित सदस्यकाे हिजाे बसेकाे भेलाले वृजलाल चौधरीको अध्यक्षतामा २५ सदस्यीय आयोजक कमिटी गठन गरिएको कमिटी सदस्य चेतराज अवस्थीले जानकारी दिए। कमिटीको सचिवमा गणेश ऐर छन्।

भेलामा वडाका ५४ जना संगठित सदस्य उपस्थित रहेकाे अवस्थीले बताए।

प्रतिक्रिया दिनुहोस्