चेन्नईलाई पुनः शीर्ष स्थानमा पुग्ने अवसर

मुम्बई : इण्डियन प्रिमियर लिग (आइपिएल)मा आज (आइतबार) चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स प्रतिष्पर्धा गर्दै छन्। यी दुवै टोलीबीच आज दिउँसो ३ः४५ बजे दुबईमा प्रतिष्पर्धा हुनेछ।

यस्तोमा दुवै टोली खेल जितेर अंकतालिकामा माथि उक्लिने दाउमा छन्। अंकतालिकामा १४ अंकका साथ दोस्रो स्थानमा रहेको चेन्नईले आजको खेल जिते शीर्ष स्थानमा पुग्नेछ। यो अवस्थामा उसको १६ अंक हुनेछ। र, शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई रनरेटका आधारमा पछि पार्नेछ। किनकि दिल्लीको तुलनामा चेन्नईको रनरेट निकै राम्रो छ।

यता कोलकाता पनि खेल जितेर अंकतालिकाको तेस्रो स्थानमा उक्लने दाउमा देखिन्छ। ८ अंकसहित चौथो स्थानमा रहेको कोलकाताले आजको खेल जिते १० अंक हासिल गर्नेछ। र, अंकतालिकामा तेस्रो स्थानको रोयल च्यालेन्जर्स बैंग्लोरलाई रनरेटका आधारमा पछि पार्नेछ। अंकतालिकामा १० अंक रहेको बैंग्लोरको रनरेट कोलकाताको तुलनामा कम छ।

आजै हुने अर्काे खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर मुम्बई इण्डियन्स आमनेसामने हुँदै छन्।

फाइल तस्बिर।

प्रतिक्रिया दिनुहोस्