देशभरका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं : देशभरका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन्।

हाल देशभर आंशिकदेखि सामान्य बदली छ। गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन्। साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर छ।

प्रतिक्रिया दिनुहोस्