‘मरेपछि’ लिएर आए र्‍यापर बिजेन

काठमाडौं : र्‍यापर बिजेन नयाँ गीत ‘मरेपछि’ लिएर दर्शकमाझ आएका छन्।

‘हस् त नमस्ते’, ‘लोकल सोकल’, ‘गाउँकी नानी’, ‘लिम्बु हो कि नेवार’ जस्ता गीतका गायक बिजेनले डेब्यु एल्बम ‘बिजेन’मा रहेको गीत ‘मरेपछि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।

‘दोस्रो लकडाउनपछि म रमाउन सकेको थिइनँ। त्यसकारण त्यो समयमा केही काम गर्नुपर्छ भनेर मैले बिहान ४ बजेर ३० मिनेटमा जाँदा यो गीत ‘मरेपछि’ लेखें,’ उनले भनेका छन्।

बिजेनका अनुसार गीतले व्यक्ति र उसको वरपर रहेको सम्बन्धको बारेमा बोलेको छ। जीवनमा स्थायी केही नभएका कारण मानिसले अनुशासनमा रहेर खुशी जीवन बिताउन सक्नुपर्छ भन्ने सन्देश गीतले दिएको छ।

प्रतिक्रिया दिनुहोस्