राष्ट्रिय टोलीका कप्तान मल्लले इपिएल नखेल्ने

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) नखेल्ने भएका छन्।

ललितपुर प्याट्रियट्सले आज (बिहीबार) मल्लले चौंथो संस्करणको प्रतियोगिता नखेल्ने जनाएको छ। ललितपुरका कप्तानसमेत रहेका मल्लले व्यक्तिगत कारण देखाउँदै इपिएल नखेल्ने बताएका छन्।

यसअघि पूर्वकप्तान पारस खड्कासँगै नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरी र बलर वसन्त रेग्मीले इपिएल नखेल्ने बताइसकेका छन्।

चौंथो संस्करणको इपिएल शनिबारबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता ललितपुरले काठमाडौं किङ्स–११ विरुद्ध खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्