शीर्ष स्थानमा उक्लिएला दिल्ली ?

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद प्रतिष्पर्धा गर्दै छन्।

लिगको अंकतालिकामा दोस्रो स्थानको दिल्ली र पुछारको हैदरावादबीच दुबईमा आज राति ७ः४५ बजे (नेपाली समय अनुसार) खेल सुरु हुँदैछ।

दिल्लीलाई आजको खेल जितेर अंकतालिकाको शीर्ष स्थानमा उक्लने अवसर छ। त्यसो भए दिल्ली लिग अंकतालिकाको शीर्ष स्थानमा पुग्ला त ? आइपिएलका दर्शकको प्रश्न छ।

यसको उत्तर ठ्याक्कै भन्न नसकिए पनि दिल्ली र हैदरावादमध्ये को बलियो टोली छ, त्यसबारे भन्न सकिन्छ।

यसका लागि यी दुवै टोलीबीचको हेड टु हेड नतिजा र जारी आइपिएलको प्रदर्शन केलाऔं।

हेड टु हेडमा हैदरावाद अघि

हेड टु हेड खेलमा दिल्लीभन्दा हैदरावाद अघि देखिन्छ। यी दुई टोलीबीच भएका १९ खेलमध्ये हैदरावादले १९ खेल जितेको छ भने दिल्लीको पक्षमा ८ खेलको नतिजा मात्रै छ।

अंकतालिकामा दिल्ली अगाडि

जारी प्रतियोगिताको प्रदर्शन हैदरावादको तुलनामा दिल्लीकाे राम्राे छ। अंकतालिकामा दिल्लीले ८ खेलबाट १२ अंक जोडेको छ भने हैदरावादको ७ खेलबाट २ अंक मात्रै छ। यस्तै, जारी प्रतियोगिताको अघिल्लाे खेलमा दिल्लीले हैदरावादलाई पराजित समेत गरेकाे थियाे।

जारी प्रतियोगिताकाे अंकतालिकामा हैदरावाद दिल्लीभन्दा पछि देखिए पनि समग्र प्रदर्शन भने हैदरावादको अघि देखिन्छ।

तस्बिर : आइपिएलटिट्वान्टीडटकम।

प्रतिक्रिया दिनुहोस्