नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (९) अनुसार खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी हुन्।

नवनियुक्त परराष्ट्रमन्त्रीले आजै अपराह्न १ बजे राष्ट्रपति भवन शितल निवासमा शपथ लिँदै छन्।

उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित खड्काले कांग्रेसमा परराष्ट्र विभाग हेर्दै आएका थिए। उनी पूर्वसहरी विकास मन्त्रीसमेत हुन्।

प्रतिक्रिया दिनुहोस्