पहिरोले घर पुरिँदा एकै परिवारको तीन दिदीबहिनीको मृत्यु

काठमाडौं : गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन दिदिबहिनीको मृत्यु भएको छ।

पहिरोमा पुरिएर रेसुंगा नगरपालिका ८, खानीगाउँ, थुम्का लाइन बस्ने तिलक परियारका तीन जना छोरीकाे मृत्यु भएकाे हाे, जसमा १४ वर्षीया जुम्ल्याहा गंगा-जमुना र २१ वर्षीया भावना परियार रहेकाे जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ।

प्रहरीका अनुसार तिलकसँगै श्रीमती र एक छोरी भने सकुशल छन्।

मध्यरातमा झरेको पहिरोले घर भत्किँदा त्यसैमा पुरिएर बीच कोठामा सुतेका तीन दिदीबहिनीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए।

पहिराेमा पुरिएकाकाे शव बिहान निकालिएकाे र पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्