काठमाडौं– भारतमा कोरोना भाइरस (कोभिड-१९)संक्रमितको संख्या एक लाख ९० हजार नाघेको छ।
समाचार संस्था सिएनएनका अनुसार भारतमा सोमबार बिहान ७ बजेसम्म एक लाख ९० हजार ६ सय नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यससँगै भारत कोरोनाबाट सर्वाधिक प्रभावित देशको सूचीमा सातौं स्थानमा पुगेको छ। भारतअघि संयुक्त राज्य अमेरिका, ब्राजिल, रुस, संयुक्त अधिराज्य, स्पेन र इटाली क्रमशः पहिलोबाट छैटौं स्थानमा छन्।
भारतमा कोरोना संक्रमण तीव्ररुपले फैलिए पनि ज्यान गुमाउनेको संख्या भने पाँच हजार चार सय आठ छ।
सिएनएनका अनुसार विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६१ लाख ६४ हजार सात सय ८४ पुगेको छ। यस्तै, कोरोना संक्रमणबाट तीन लाख ७१ हजार ९ सय ८७ जनाको ज्यान गइसकेको छ।
प्रतिक्रिया दिनुहोस्