एएफसी महिला एसियन छनोटको समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं : नेपाल एएफसी महिला एसियन कप २०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ।

उज्वेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा आज (मंगलबार) हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो।

एसियन कप छनोटको सम्भावनाका लागि नेपालले हङकङविरुद्ध जित्नै पर्ने थियो।

समूह’एफ’मा रहेको नेपाल अंकतालिकामा पुछारमा छ। समूह चरणका २ खेल खेलिसकेकाे नेपालले १ अंक मात्रै हासिल गरेकाे छ। समूह चरणमा हङकङसँग बराबरी खेलेकाे नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको थियो।

अंकतालिकाकाे शीर्ष स्थानमा फिलिपिन्स छ। उसले १ खेल खेलेर ३ अंक बटुलेकाे छ। अंकतालिकामा दाेस्राे स्थानमा हङकङ छ। उसकाे १ खेलबाट १ अंक छ।

यी दुवै टाेलीबीच शुक्रबार समूह चरणकाे अन्तिम खेल हुँदैछ। उक्त खेल जुन टाेलीले जित्ने छ, त्यही एसियन कपका लागि छनाेट हुनेछ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। उक्त प्रतियाेगिता जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।

तस्बिर : द-एएफसीडटकम।

प्रतिक्रिया दिनुहोस्