चट्याङ लागेर ६० वर्षीय पुरुषले गुमाए ज्यान

काठमाडौं : बागलुङको जैमिनी नगरपालिका–७, जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, बागलुङका अनुसार सोमबार बेलुका चट्याङ लागेर ६० वर्षीय मुमबहादुर सार्कीको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

चट्याङ लागेर अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ६० वर्षीय सहवीरे नेपाली, ५७ वर्षीय लालबहादुर नेपाली र १८ वर्षीया विपना नेपाली रहेको प्रहरीले जनाएको छ।

उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ।

सांकेतिक तस्बिर।

प्रतिक्रिया दिनुहोस्