थप १३३० जनामा काेराेना संक्रमण, १८३० निको भए

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (मंगलबार) १३ हजार ६ सय २२ जनामा कोरोना परीक्षण गरिएको थियो। उक्त अवधिमा देशभर १ हजार ८ सय ३० जना कोरोना संक्रमित निको भएका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट देशभर ११ हजार ५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्