नेप्सेमा ११४ अंकको गिरावट

काठमाडौं : सेयर बजार मापक परिसूचक नेप्सेमा ११४.०२ अंकको गिरावट आएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको कारोबारको दोस्रो दिन आज (सोमबार) नेप्से घटेर २६९८.२४ अंक पुगेको छ।

यस दिन २ सय २५ कम्पनीको १ करोड ७३ लाख ३० हजार ५ सय ३८ सेयर किनबेच भयो। जसमा ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रूपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज बैंकिङ ५१.४६, विकास बैंक ३३२.३८, फाइनान्स २२९.६९, होटल तथा पर्यटन १५८.१३, जलविद्युत २२०.२९, लगानी ५.२९, जीवन बीमा ८००.०६, निर्जीवन बीमा ६१४.२१, माइक्रोफाइनान्स १६२.३२, उत्पादन ९१.९६, अन्य ७०.६१ र व्यापार समूह १५६.९८ अंकले घटेका छन्।

प्रतिक्रिया दिनुहोस्