सेती अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

धनगढी : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालका अनुसार बझाङको सुर्मा गाउँपालिका–४ का ७७ वर्षीय पुरुष र सोही गाउँपालिकाको वडा नम्बर २ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो। योसँगै अस्पतालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ९४ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ। उक्त अवधिमा अस्पतालको प्रयोगशालामा १ सय ६२ जनाको कोरोना परीक्षण गरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्