सुनकाे भाउ ओरालो, तोलामा दुई सय रूपैयाँ घट्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुन प्रतितोला ८८ हजार ९ सय रूपैयाँ तोकिएको छ। हिजो यसको मूल्य तोलामा ८९ हजार १ सय कायम थियो।

यस्तै, तेजावी सुन पनि सोही दरमा घटेर प्रतितोला ८८ हजार ४ सय ५० रूपैयाँ कायम भएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँ घटेर १ हजार १ सय ३५ रूपैयाँ कायम भएको छ। हिजो यसको मूल्य तोलाको १ हजार १ सय ५० रूपैयाँ तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्