सन्दीप र करनको उत्कृष्ट बलिङमा ओमान १२१ रनमा अलआउट

काठमाडौं : सन्दीप लामिछाने र करन केसीको उत्कृष्ट बलिङमा ओमान १ सय २१ रनमा अलआउट भएको छ।

विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले ओमानलाई ३७.१ ओभरमा १ सय २१ रनमा अलआउट गरेको हो।

ओमानको कम स्कोरमा रोक्न सन्दीप र करनले समान ४ विकेट लिए। यस्तै, अलराउन्डर शरद भेषवाकरको नाममा दुई विकेट लिए।

ओमानका तर्फबाट कप्तान जीशन मक्सुदले सर्वाधिक ४१ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

१ सय २२ रनको लक्ष्य पछ्याउँदै नेपालले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ।

फाइल तस्बिर।

प्रतिक्रिया दिनुहोस्