अलराउन्डर शरद भेषवाकरले लिए पहिलो अन्तर्राष्ट्रिय विकेट

काठमाडौं : अलराउन्डर शरद भेषवाकरले पहिलो अन्तर्राष्ट्रिय विकेट लिएका छन्।

विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक एकदिवसीय शृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा उनले पहिलो अन्तर्राष्ट्रिय विकेट लिएका हुन्।

उनले खेलको २१.२ ओभरमा सन्दीप गौडलाई ८ रनको व्यक्तिगत स्कोरमा आउट गरे। गौडसँगै ओमानले ७ विकेट गुमाएर ६४ रन जोडेको छ।

आफ्नो चौथो एकदिवसीय खेल खेलिरहेका भेषवाकरले पहिलो पटक बलिङ गरेका छन्। १७ टि–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका उनले एक इनिङमा मात्रै बलिङ गरेका छन्।

जारी खेलमा यसअघि सन्दीप लामिछाने र करन केसी समान ३ विकेट लिएका छन्।

प्रतिक्रिया दिनुहोस्